डा.बाबुराम भट्टराईलाइ मेरो प्रश्न।

 
        जनताको प्रतिनीधीबाट संविधान बनेको दिन यो दिनलाई सेतो भनौ कि कालो भनौ थाहा छैन। मेरो नाम जय र घर थियो हिमाली जिल्लातिर (जहाँ हिउंदमा मात्र गाडी जान्छन् यदि काम पर्यो भने ) तर अहिले घर गोठ केहि छैन भुकम्पले लग्यो सबै र धर्म चाही सनातन नै मान्निन्छ रे अनि जात चाही बाहुन रे र मैले मेरो खानदानको तीन पुस्ता देखें अहिले सम्म एक जना पनी सरकारी जागीरे देखिन। जग्गा जमिन भनेको १ बर्षलाई ५/६ जनाको परिवारलाई बल्लतल्ल खान पुग्ने छ यदि राम्रो फल्यो भने । चाडबाड उपचार र विशेष कामको लागि पैसा लोन नै लिनुपर्ने हुन्छ। तै पनि यो नेपाली समाज र केही समुदायहरुले हामीलाई धनाड्य सामन्तिको संज्ञा दीन्छ र अरु त अरु संविधानले पनी त्यही साबित गर्यो र १०/२०  जना बाहुन नेताहरु हैसियत हेरेर हामी जस्तोलाई पनि त्यही वर्गमा राख्यो छ । र विशेष अधिकार त परैको कुरा भएका पनी कटौती गरिएका छन् । र म जस्ता धेरै बाहुन चाहन्छन् कि एउटा पुर्ण नेपाली हुन पाईयोस् र समान अधिकार पाईयोस् । र मेरो एउटा प्रश्न (भन्नु) छ सरकार र सम्पुर्ण मानवहरुलाई के हामी जस्ता बाहुनहरु आदिवासी , जनजाति , गरीब , पीछडीएको बर्ग , ईत्यादीमा पर्नलाई के गर्नु पर्ला के संभव छ होला यो ? के हामी र हाम्रो सन्ततीहरु कागजी नागरिक भएरै यो दुनियांको अन्त्य होला त ? के दुनियामा हरेक मान्छे एकठाउंबाट अर्को गएका हैनन् र के मानव सभ्यताको सुरुवात नेपालबाट भएको हो र ? के यो संसार सबै प्राणीको हैन र ? यो विभेद कहिलेसम्म चल्ला नेपालमा मात्र ? के बिना गल्ति पनी जरिवाना भोग्नु पर्छ र ? के यो संविधानमा धर्म जस्तै जात थर पनि फेर्न पाईने कानुन छ कि छैन ? के आरक्षण बाहुन भएकै कारणले नपाउने हो ५  साल पहिले भारतबाट आएकाले नागरिकता पाईकन मदेसी मुस्लिम आदीका विशेष अधिकार र आरक्षण पाईसके तर हामी ५००/१०००  साल देखि हुदा पनी शरणार्थी कै ट्याग बोक्नु पर्या छ ?यो पीडा बाहुनको मात्र होईन क्षेत्री र अरु खस आर्यहरुको नी हो ! यो सबै ब्यवस्था भए हामी जस्तो कागजे नागरिकको धेरै भलो हुने थियो  । (यो भनाई नेपाल सरकार र केहि ए वर्गका भनीएका जनताहरुको लागि हो जसले हामी जस्तोलाई धनाड्य र सामन्तिको संज्ञा दीन्छ )

सुख दुख संसार को रित हो। दुखमा नआत्तीनु र सुख मा नमात्तीनु नै जिवन हो । गायीका कला पंगेनी।

गायीका कला पंगेनी: मेरो जन्म स्यांग्जा को मालूंगा भन्ने गाउमा भएको हो। २०६० साल मा एसएलसी सके संगै म पारिवारिक कारण ले काठमान्डू आएकी हुँ। स्कुल पढ्दा देखि नै मैले स्टेज हरु मा गीत गाउथे, बिद्यालय स्तरीय प्रतियोगिता र अन्तर बिद्यालय प्रतियोगिता हरु मा मैले सधै प्रथम स्थान पाउथे। मेरा गुरुहरु पनि मलाइ तिम्रो गायन राम्रो छ भनेर हौसला दिनुहुन्थ्यो तर अवस्था कस्तो थियो भने मैले कतै गीत गाएर पुरस्कृत भएको कुरा हरु मेरो घरमा थाहा हुदा कसैले राम्रो मान्नुहुन्थेन ।त्यसैले  पुरस्कारहरु पनि लुकाउन पर्ने अवस्था थियो । छोरी हरु गीत गाउन हिडेको राम्रो नमान्ने परिवार हो हाम्रो ,त्यसैले गीत रेकर्ड गर्ने या आफ्ना गीत हरु पनि टिभी रेडियो मा बजेको सुन्ने चाहाना कुनै एउटा सुन्दर सपना मात्र थियो मेरा लागि। तर जीवन ले यसरी कोल्टे फेर्यो कि मैले शब्द मा बयान गर्न सक्तिन अचानक मेरो बिहे भयो र बिहे लगत्तै २०६० को सुरुवात मैं हामि काठमान्डू आयौं।लगत्तै अर्को वर्ष २०६१ मा मेरो पहिलो सन्तान को रुप मा छोरी जन्मिन पुगिन अनि मेरो गीत गाउने सपना केवल एउटा सपना मैं सिमित हुन पुग्यो तेस्को दुइ वर्ष पछी छोरा जन्मियो त्यति बेला सम्म मैले गायन के हो लगभग बिर्सिसकेकी थिए। एक हिसाब ले म एक गृहिणी मा रुपान्तरित भैसकेकी थिएँ। दुइटा बच्चा लाइ हुर्काउनु सानो जिम्मेवारी थिएन श्रीमान विदेश हुनुहुन्थ्यो र म काठमान्डू मा दुइ वटा बच्चा लाइ हुर्कौदै थिए ।२०६५ साल तिर को कुरा हो वहा विदेश बाट आउनुभएको थियो छोरी स्कुल जान थालिसकेकी थिई र छोरा पनि घर मा छोडेर हिड्न सक्ने भएकी थिएं। एकदिन बाबुनानी छोडेर हामि मनकामना जादै थियौं त्यहि गाडी मा मेरो स्कुल को प्रिन्सिपल पदम पाण्डे सर पनि हुनुहुदो रहेछ। मैले सर संग श्रीमान् को चिनाजानी गराए, सर ले मेरो पढाइको बारेमा सोध्नुभो मेरो पढाइ बिचैमा छुटेको सुनाउनुपर्दा मलाइ निकै लज्जाबोध भयो दुइ वटा सन्तान को स्याहार सुसारले र घरेलु काम ले म मेरो वास्तविक उमेर भन्दा बढी कि देखिन थालिसकेकी थिए। त्यहि समय मा मेरो हेडसर ले वहा लाइ स्कुल को प्रसङ्ग सुनाउदै मैले गीत राम्रो गाउने बिषय मा सुनाइदिनु भयो।सक्नुहुन्छ र मिल्छ भने गीत गाउन दिनुस भनेर सल्लाह पनि दिनुभयो म अचम्म परे मैले आज सम्म घर मा भन्न नसकेको मेरो रहर मेरो गुरु ले कति सजिलै मेरो श्रीमान संग गरिरहनुभएको थियो मेरो सपना पुन साकार हुने मा म फेरी आशाबादी बने। मनकामना बाट फर्केपछि हामि ले अरु केहि सोचेनौं स्टुडियो खोजेर सरासर गीत रेकर्ड गरियो, कुन स्टुडियो राम्रो को कलाकार राम्रो बजेट कति खर्च गर्ने कुन कम्पनि बाट गर्ने कुनै योजना गरिएन अगाडी जे जे पर्छ र बुझेका ले जे सल्लाह दिन्छन त्यो गर्दै जाने क्रम मा तयार भयो मेरो “बोले हुन्न र” भन्ने अल्बम जसमा तिन वटा गीत समाबेश थिए, त्यो बेलामा संगीत क्षेत्र मा दलाली सुरु भैसकेको रहेछ हामिले धेरै पछाडी थाहा पायौं त्यहि नि हामि धेरै खुसि थियौं कि बाराही म्युजिक मार्फत मेरो गीत आयो र नेपाल टेलिभिजन मा बज्यो  हालांकी त्यो गीत बजाउने पैसा पनि हामि आफैले खर्च गरेका थियौ अहिले पनि त्यो कम्पनि ले हामि ले लिने भनेर पैसा तिरेको १००० प्रति क्यासेट को न क्यासेट न पैसा गरायो ।गीत को शौख ले पैसा खर्च हुने रहेछ र फिर्ता केहि छैन भन्ने जानेपछि मलाइ अब कमाएको पैसा संगीत मा खर्च गर्न मन लागेन तर सुर ताल को बारेमा अलिकति अध्यान गरेर हार्मोनियम बजाउन सक्ने हुन मन लाग्यो र मैले यो कुरा घर मा भने भोलि पल्ट अशन गएर हरेराम गुरु को बाट ९ हजार को  हार्मोनियम किनियो मैले अर्को सपना पुरा भएको ठाने त्यहि बाटो षडज संगीत स्कुल रानीपोखरी मा हार्मोनियम र सारेगम सिक्नेगारी भर्ना भएर घर फर्कें, केहि रकम त खर्च भएको थियो तर मेरो खुसि त्यो रकम ले किन्न पाउने भन्दा धेरै ठुलो थियो, लोक गीत नै गाउने भए पनि सुर ताल र हार्मोनियम को ज्ञान हुनु अति आवस्यक छ भनेर मलाइ एक जना अग्रज ले भनेको कुरा पुरा हुन गैरहेको थियो म खुसि ले फुरुक फुरुक थिए।

       

           २०६५ साल मा “बोलेहुन्न र” नाम को गीत बजार मा ल्याएर गीत रेकर्ड को यात्रा सुरु गरियो  उक्त गीत मा “बोले हुन्न र” “माया मारेर” र “रुन्न कैलेनी” गरि तिन गीत समाबेस थिए, त्यो अल्बम मा भएको घाटा ले तुरुन्तै अर्को गीत रेकर्ड गर्ने मेरो रहर अधुरै थियो २०६६ साल त्यत्तिकै बित्यो, २०६७ साल मा तीज को अल्बम गरे “शिवशक्ति फिल्म्स” बुटवल ले बजार मा ल्याएको त्यो अल्बम मा पनि ३ गीत समाबेस थिए त्यो बेला मा हामि काठमान्डू बाट बुटवल सरिसकेका थियौँ, त्यहि म शंगीत गुरु सुरेश सेन्चुरी संग भोकल पनि सिक्थे त्यो बेला मा गुरु ले नै तिन वटै गीत को म्युजिक एरेन्ज गरिदिनु भयो र काठमान्डू मा रेकर्ड को ब्यबस्था पनि मिलाउनुभयो त्यो अल्बम मा “लाहुरेको छोराले काले मोराले” “युगौ देखि हामि चेली”  र “बालि लगाउन’ गरि ३ गीत समाबेस थिए त्यो बेला सम्म संगीत को बजार पुरै दलाल हरु को कब्जा मा परिसकेको थियो गीत र भिडियो बनाए पनि टिभी मा बजाउनु हाम्रा लागि अत्यन्तै चुनौतिपूर्ण काम थियो कम्पनि ले आफ्नो तर्फ बाट कति गर्यो या बजायो  हामि ले नि हाम्रो तर्फ बाट पैसा तिरेर टिभी मा गीत बजायौँ दोश्रो पटक मेरो गीत टिभी मा आयो हामि हेरेर मख्ख परियो, शिवशक्ति फिल्म्स बुटवल मोफसल बाटै कला क्षेत्र मा सक्रिय राम्रो कम्पनि थियो भर्खरै औंठा छाप जस्तो सफल चलचित्र बनाइसकेको त्यो कम्पनि का निर्देशक गोपाल सुबेदी जी हुनुहुन्थ्यो तर आज वहा हामि माझ हुनुहुन्न, बुटवल मा भएका लोकल च्यानल मा मेरा गीत बज्न थालेपछि स्थानीय स्तर मा मलाइ मान्छे हरु ले चिन्न थाले बाटो हिड्दा मान्छे ले गायिका भनेर फर्केर हेर्दा मलाइ अचम्म लाग्थ्यो।

         यो तीज अल्बम ले अलि अलि चर्चा पायो मेरो नाम पत्रिका मा आयो र बुटवल का लोकल च्यानल मा खुब रोजाई को गीत बन्यो  यो सबै भैसकेपछि मलाइ अर्को गीत गाउँने र अझै चर्चा मा आउने रहर हुन थाल्यो तेही बीच मा मेरो भेट चर्चित सब्द संकलक अनि संगीतकार कारण न्यौपाने संग भयो यो भेटघाट को ब्यबस्था मिलाइदिनु भएको थियो मोडेल सगुन श्रेष्ठ जी ले हामि ले कारण न्यौपाने जी लाइ भेट्दा नेपाल का ख्यातिप्राप्त मोडल महेन्द्र गौतम संगै हुनुहुन्थ्यो लोक संगीत क्षेत्र का ठुला हस्ती हरु लाइ भेट्न पाउदा हामि तेसै रमाइरहेका थियौं त्यो भेटघाट मा हामि ले ‘यो कान्छी को मुहार हसिलो” भन्ने गीत रेकर्ड गर्ने निधो गरियो त्यसको लगत्तै त्यो गीत रेकर्ड नि गरियो भिडियो पनि तयार गरियो तर बिबिध कारण ले त्यो गीत समया मा रिलिज हुन सकेन, समय मा रिलिज नभए पनि मेरो गायन क्षेत्र को कोशे ढुंगा हो त्यो गीत त्यो समय मा कारण न्यौपाने का “उही मुला को सिन्की” “झिम्क्यैदेउ परेली हाय मेरी तिते करेली” अनि “फुल कुमारी दिल कुमारी” जस्ता गीत हरु निकै चर्चित थिए धेरै कलाकार हरु कारण न्यौपाने का गीत गएर चर्चित बनिसकेका थिए राम चन्द्र काफ्ले र ज्योति मगर एसका उदाहरण हुन त्यो समय मा मैले पनि आफु अब उनि हरु जस्तै चर्चित बन्छु भन्ने ढुक्कै को सपना देखिरहेकी थिए सबै सपना पुरा हुदैनन त्यसो भन्दै मा सपना देख्न छोड्न सकिन्न सपना आफै आउदारहेछन आखा मा।

           त्यस्पछि हामि ले अरु कलाकार लाइ पनि चिनियो खुमन अधिकारि संग मैले “नदेखाउ है छाया तिमि अर्कैको हुन लाइ म सम्झेर रुनलाइ मैले लाको हैन माया” भन्ने स्लो प्याटर्न को गीत गरे त्यो निकै रुचाउनुभो दर्शक ले रेडियो र एफ एम मा निकै बज्यो मुहार हसिलो को भिडियो हामि ले निकै खर्च गरेर बनाएका थियौ त्यो भिडियो बुटवल मा पुग्दा तेहा ३ वटा लोकल  च्यानल खुलिसकेका  थिए सबै ले मेरा यी दुइ गीत राम्रो संग बजाउदा म बुटवल मा स्टेज मा गीत गाउन बोलाइने गायिका बनिसकेकी थिए। यत्ति गर्दा २०७० भैसकेको थियो बिबिध कारण ले हामि फेरी बुटवल बाट काठमान्डू सरेका थियौं तेस्पछी मैल खुमन अधिकारि संग तीज को गीत गरे “जसले मेरो माया लाइ खोजेर ल्यैदेला उसलाई पुरस्कार पच्चीस हजार” भन्ने जुन  गीत त्यो वर्ष को तीज मा निकै रुचाइयो, तीज लगत्तै मैले खुमन अधिकारि संगै अलि फास्ट बिट को गीत गरे “जवानी को जोश” भन्ने यी दुवै गीत मेरा तिर्शना म्युजिक बाट बजार मा आएका थिए ति गीत हरु रिलिज हुदा सम्म म नेपाल का महोत्सब हरु मा धेरै जिल्ला घुमिसकेकी थिए । २०७१ को तीज मा मेरो “मगर भाषा मा नमस्ते लाइ झोर्ले” भन्ने गीत तिर्शना म्युजिक बाटै बजार मा आयो अनि तीज को लगत्तै “मेरो मुटु को धड्कनै तिमि हौ तिमि नभई मेरो जीवन चल्दैन” भन्ने गीत पनि आयो पुरुसोत्तम ढुंगाना को र मेरो स्वर मा  त्यो तीज मा मैले जापान मा आफ्नो ३ वटा सांगीतिक प्रस्तुति गरे खुमन अधिकारि र म दुवै जना को पहिलो  जापान भ्रमण थियो त्यो , जापान बाट फर्केपछि पुना,मुम्बई राजकोट गरि भारत का विभिन्न शहर मा नेपालि लोक सस्कृति झल्कने कार्यक्रम हरु गरियो। त्यसको लगत्तै म खाडी मुलुक कतार मा कार्यक्रम को लागि गए यहि सिलसिला मा नेपाल मा पनि महेन्द्रनगर देखि धादिंग सम्म लगभग चालिस वटा जिल्लाका कार्यक्रम मा सहभागी भए होला अहिले खुसि लाग्छ स्कुलका बार्षिक उत्सबहरु र अरु साना कार्यक्रम हरु मा पनि कलाकार लाइ राम्रै पारिश्रमिक दिएर निम्त्याईन्छ। त्यहि नै अहिले को घाटा पूर्ति गर्ने र कलाकार को बाच्ने आधार भएको छ ।


          यो वर्ष मेरो “म त पुरुष मान्छे” भन्ने रोइला र “गुन्द्री  तानेर” भन्ने टिपिकल गीत रिलिज भए दुवै गीत एकदम हिट भए गुन्द्री तानेर त युट्युब मा ६ लाख भ्यु पुगिसकेको छ र म त पुरुष मान्छे बिन्दवाशिनी म्युजिक बाट बजार मा आएको निकै नौलो स्वाद सहित को रोइला गीत हो एसको भिडियो मा हामि ले नेपाल कि चर्चित एकल खुट्टा नृत्यड•गना  नीलम ढुंगाना लाइ नचाएका छौ।
          अन्त्य मा म मेरा दर्शक तथा श्रोता हरु अनी सम्पुर्ण देशवासी हरु मा नेपाल को संविधान २०७२ संगै हर्सोल्लास र खुसीयाली छाओस भन्ने सुभकामना दिन चाहान्छु,विगत मा जस्तै मेरा आगामी गीत हरु लाई पनि माया गरिदीनुहोला,तपाई हरुको सपोर्ट नै मेरो लागी हौसला हो,तपाईहरु समक्ष अरु राम्रा राम्रा प्रस्तुती हरु लिएर आउनेछु-धन्यवाद।

विमा कुमारी दुरा सडक छेउ मा बसेर ग्वाँ ग्वाँती रोईन ।

लेखक : दुर्गा पंगेनी

अचम्म लाग्छ जसले लोक संगीत को जगेर्ना र उत्थान को लागी जिवन समर्पित गर्यो उ चुपचाप छ,जसले जिवन को सबैभन्दा उर्वर दशक खर्च गर्यो उ अझै संघर्ष कै मैदान मा छु भन्ने सोचेर केवल साधना गरिरहेछ मात्र साधना।गीत संगीत कै ब्यापार मार्फत संस्कृती को जगेर्ना र उत्थान मा लाखौं करोडौं खर्च गर्ने संगीत ब्यबसायी पनि चुप छ,उ कला र संस्कृती को जगेर्ना र ब्यापार को नाफा-घाटा गरि दोहोरो थिचाई मा छ र त्यही दवाव ब्यालेन्स गर्दा गर्दै उ बोल्न सम्म भ्याउदैन, लेखक अथवा गीतकार जस्ले लोकगीत लेखेरै जिवन रित्याईदियो अनी जस्का शब्द हरु मा पहाड रसाउने ताकत छ चट्टान पगाल्ने ह्याउ राख्दछ उ पनि परिवेश अनुसार गम्भीर छ त्यसैले पनि बोल्दैन,बन्दै गरेको गीत को औकात नाप्न सक्ने कुन गीत राम्रो र कुन मौलीक भनेर छुट्याउन सक्ने वरिष्ठ प्राविधिक ले पनि आफ्नो ब्यक्तित्व प्रमाणीत गर्छ चुपै लागेर बरु आलोचना सहन्छ खप्छ त्यो पनि बोल्दैन।

लोक गायीका : बिमा कुमारी दुरा


विमा कुमारी दुरा सडक छेउ मा बसेर ग्वाँ ग्वाँती रोईन तर पनि अरु को चित्त दुख्ने गरि आलोचना मा रमाईनन आफु "विमा दुरा" हुनको लागी गरेको संघर्ष को संझनाले परेली का डिल बगाउदा पनि उनी उत्तीकै खुसी छिन जति उनी यो क्षेत्र को चरम चुली मा हुँदा थिईन। एकदिन मैले विमा दिदी लाई सोधें-दिदी अव तपाई का योजना के छन?दिदी ले मुस्कुराएर भन्नुभो-भाई गंगबु देखी पशुपति सम्म मलामी पुर्याउने लक्ष हो मेरो पुगे होलान की नाई मेरा मलामी? म अवाक्क परें!दिदी कति महान छ तिम्रो सोच,तिम्रा मलामी गंगवु-पशुपती मात्र होईन पुरै नेपालीभाषी जस्ले तिम्रो नाम सुन्यो त्यो बन्नेछ,मृत्यु लाई यती सहज तरिका ले वर्णन गर्न सक्ने खुवि ठुला ठुला योगी हरु मा ऋषिमुनी हरु मा हुन्छ भन्ने मैले सुनेको थिएँ विमा दिदी को जवाफ पछी मैले दिदी लाई ऋषी को रुप मा बुझेको छु जस्ले जिवन का संघर्ष लाई मात्र होईन मृत्यु लाई पनि उत्तीकै सहज रुपमा लिएको छ ।

संगीत ब्यवसायी : सुवास रेग्मी


नेपाली संगीत को क्षेत्र मा मुहफट(मनमा लागेको कुरो फ्याट्ट बोल्ने) बानी भएका संगीत ब्यवसायी तथा विन्दवाशीनी म्युजीक का निर्देशक सुवास रेग्मी लाई एकदिन मैले सोधें-सुवास जी तपाई को जागीरले  मात्रै पनि अहीलेको भन्दा स्टान्डर्ड जिन्दगी बाँच्न पुग्छ,तपाई को विन्दवाशीनी भन्दा साना कम्पनी का साहु हरु कार चढ्छन तपाई किन पैदलै थापाथली अनामनगर गरिरहनुहुन्छ?जवाफ मा सुवास जी थोरै मुस्कुराएर बडो दार्शनीक पारा मा बोल्नुभो,हेर बाबा-तिमी संग जतिसुकै सम्पत्ती भएपनि लो प्रोफाईल मै रमाउन सिक सम्पत्ती भनेको त सुनका थैला हातका मैला न हो,आज तिमीसंग भएको भोली अरु कसैसंग हुन सक्छ र तिमी भोली रित्तै हुन सक्छौ,आज सम्पत्ती हुदा लो प्रोफाईल मा रमाउन सिक्यौ भने भोली सम्पत्ती नहुदा तिम्लाई दुख का दिन गुजार्न सजीलो हुनेछ। उनको सम्पत्ती र जिवीका सम्वन्धी यो परिभाषा सुनेपछी मेरो सम्पत्ती प्रती को मोह भंग भयो।

लोक गायक : दुर्गा रायमाझी 


लोक संगीत कै उत्थान मा अहोरात्र खटेर आधाजीवन समर्पीत गरी अहीले प्राज्ञ मा नियुक्त हुनुभएका आदरणीय दाई दुर्गा रायमाझी लाई मैले एकदिन सोधें,दाई तपाई ले लोक संगीत को क्षेत्र मा पुर्याएको योगदान को त राष्ट्र ले राम्रै सम्मान गर्यो सरकार ले प्राज्ञ जस्तो सम्मानित पद मा नियुक्त गर्यो तपाई लाई अव आँफु सफल भएँ जस्तो लाईराछ?मेरो प्रश्न सुनेर दुर्गा दाई निकै गम्भीर हुनुभो र भन्नुभो-भाई म प्राज्ञ वन्ने लक्ष लिएर लोक संगीत मा लागेको थिईन,प्राज्ञ हुनुभन्दा महत्वपुर्ण कुरा आफु भित्र सम्वन्धित विषय मा कति ज्ञान छ त्यो महत्वपुर्ण कुरा हुन्छ,प्राज्ञ मा नियुक्त हुनु ठुलो विषय होईन म नभएको भए अरु कोही हुन्थ्यो।लामो संघर्ष र मिहीनेत पश्चात सफलता को शिखर मा पुग्दा पनि आफ्नो सफलता मा घमण्ड नगर्ने दुर्गा रायमाझी दाई जस्ता श्रष्टा नयाँ पुष्ता ले पाउन गाह्रो छ,सफलता र ज्ञान विच को तात्विक भिन्नता जुन दुर्गा दाई ले छुट्याईदिनुभएको थियो त्यो सुनिसकेपछी बल्ल मलाई सफलता होईन ज्ञान खोज्नु पर्छ भन्नेकुरा बोध भयो। तर अव समय ले कोल्टे फेर्यो,परिवेश बदलियो,नयाँ हरु को छ जमाना,हल्ला हरु का छन चर्चा यहाँ,शहनसीलता भन्ने कुरा को कमी छ,चर्चा र क्षणीक सफलता को लागी जस्तोसुकै संझौता गर्न पछी पर्दैन नयाँ पुष्ता अथवा जस्तोसुकै हत्कण्डा अपनाउन पछी पर्दैन नयाँ पुष्ता,यौटा समाचार आयो फलानो गीत विवाद मा पर्यो भनेर,अर्को कलाकार लाई पनि आफ्नो गीत विवाद मा पार्ने रहर हुन्छ गीत विवाद मा परोस नपरोस कलाकार को फेसबुक या कुनै ब्लग को भित्ता मार्फत स्वघोषणा हुन्छ यहा मेरो गीत पनि विवादित बन्यो भनेर,आखीर विवाद को चर्चा कति सम्म र कहिले सम्म?परिवेश अचम्म लाग्दो छ।शब्द को मर्म नबुझेर अथवा ब्यक्तीगत ईवी को कारण ले कुनै कम्पनी को गीत नेपाल टेलिभिजन मा सेन्सर मा पर्छ र त्यो कुरा मिडीया मा आउछ लगत्तै गीत सेन्सर मा पर्यो भनेर घोषणा गर्ने कलाकार को लर्को लामै देखीन्छ त्यही प्रवृत्ती लाई लोके प्रवृत्ती भन्ने प्रचलन छ लोक संगीत को दुनीया मा।ढाडे विरालो विवादीत बनेर चर्चा पाएको देख्ने वित्तीकै भैसी संग स्वास्नी साट्ने आशय को गीत गाएको कलाकार ले आफ्नो गीत विवाद मा परेको स्वघोषणा गरे,छोटो सारी को "सेक्सी" र नपढेरै हो को "माल" भन्ने शब्द सेन्सर मा पर्ने वित्तीकै अरु कलाकार ले पनि आफ्ना गीत मा रहेका शब्द हरु सेन्सर मा परेको आशय को स्टाटस हरु आ आफ्ना भित्ता मा टाँसे,तर पनि सेन्सर मा परेका भनिएका तिनका गीत निर्वाध टिभी मा बजीरहे,अचम्म लाग्छ कसैको राम्रो प्रवृत्ती पच्छ्याउनु र राम्रो जस्तै हुनखोज्नु को साटो यहा नराम्रो कुरा को पछी लाग्छन सुरु मै आफुलाई महान सम्झने उम्रदैका तिनपाते हरु,तिनीहरु ले घमन्ड गर्ने बेला भएको छैन भन्ने बुझ्न जरुरी छ।

Mohan kc ko Timrai lagi marthe sanu ma Mp3 Prbt : 60450724

मोहन के सी को लोक दोहोरि गीत...
तिम्रै लागी मर्थे सानु म,
तिम्ले मेरो मायालाई चिनेनौ धेरै माया गर्थे सानु म,
सी.आर.बि.टि : 0130044506
पी.आर.बि.टि:  60450724

स्वर; राजेन्द्र कंडेल र पूर्णकला बि सी

लय:राजेन्द्र कंडेल

 शब्द : मोहन के सी




एयरपोर्ट भन्सारमा बृद्धि भएको छैन् । एआइजी बिज्ञानराज शर्मा

एआइजी बिज्ञानराज शर्मा

काठमाडौं, २४ भदौ– विभिन्न सामाजिक सञ्जालहरुमा आएको एयरपोर्ट भन्सार महशुल बृद्धि भयो भन्ने समाचार पूर्ण रुपमा गलत भएको प्रहरीले जनाएको छ ।
विदेशबाट फर्कने नेपाली हुन वा विदेशीहरु सबैलाई भन्सार कर समान रहेको र भन्सार महशुलमा कुनै परिवर्तन नभएको एआइजी शर्माले बताउनुभयो ।
‘विभिन्न सामाजीक सञ्जाल तथा साइटहरुमा एयपोर्टमा भन्सार महशुलमा बृद्धि गरेको भन्ने समाचार आएको छ’–उहाँले भन्नुभयो–‘ त्यो पुर्ण रुपमा गलत छ, भन्सार महशुलमा कुनै बृद्धि भएको छैन्, जे छ पहिलेकै अवस्थामा भन्सार महशुलको नीति प्रयोग भइरहेको छ ।’
केही अनलाइन पोर्टल तथा फेसबुकमा एयरपोर्ट भन्सार महशुलमा बृद्धि गरिएको भन्ने समाचार आएपछि प्रहरीको यस्तो भनाई सार्वजनिक भएको हो ।
एआइजी थापाले भन्सार महशुल सम्बन्धमा कुनै परिवर्तन नगरिएकोले भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।

कुन कुन नेताले बेचे त हाम्रो देशलाई ?

Greater Nepal
२००७ साल माजबप्रजातन्त्रआयोतबदेखिनेपालविभिन्ननाममाबेचिएकोजबजबनेताहरुप्रजातन्त्रकोनामलिदैसत्ताकोकुर्सिबस्छनतबतबअनेकौबहानामानेपालमाथिअसमानसन्धिथुपारेरदेशप्रतिघातगरेकाछन्आफ्नेसत्ताटिकाउनकोलागिमात्रहाम्रोदेशकानेताहरुदेशबेचीरहेसत्ताटिकाउनैकानिम्ति२०४८सालमाभारतभ्रमणकाक्रममानेपालकाप्रधानमन्त्रीगिरिजाप्रसादकोइरालालेटनकपुरसन्धिगरेकाथिएसत्ताटिकाउनसत्तामाबसिरहनेउद्देश्यलेनेपालीकाङ्ग्रेसएमालेले२०५३सालअसोजगतेमहाकालीसन्धिलाईनेपालकोसंसदबाटैअनुमोदनगरिदिएकाथिए

Girija Prasad Koirala

-कोशी सम्झौता, ( स्व.मातृकाप्र. कोईराला)
-गण्डक सम्झौता, ( स्व. विपिकोईराला)
-कालापानीमा भारतीयसैनिकतैनाथराख्नेसम्झौता, ( स्व. विपिकोईराल)
-शान्ति, सेनाहातहतियारसम्बन्धीसम्झौता, ( स्व. विपिकोईराल)
-टनकपुर, महाकालीसन्धि( स्व. गिरिजाप्र. कोईराला+ माधवकुमारनेपाल+ शेरबहादुरदेउवा)
-माथिल्लो कर्णाली( स्व. गिरिजाप्र. कोईराला+ सुसिलकोईराला)
- पश्चिम सेति( स्व. गिरिजाप्र. कोईराला)
-अरुण-( स्व. गिरिजाप्र. कोईराला+ सुसिलकोईरालासरकार)
Sushil Koirala


२०६२ मङ्सिर गतेभारतकैमध्यस्थतामा१२बुँदेसमझदारीभएकोथियोभनेत्यहीसहमतीबाटभएकोजनआन्दोलन-बाटप्राप्त६२/६३कोसरकारकोसत्ताकोदुरुपयोगगर्दैगिरिजाप्रसादकोईरालालेमर्नुभन्दाअगाडीपश्चिमसेती, अरुण- माथिल्लोकर्णालीजस्तोसबैभन्दाघातकसन्धिभारतसंगगरिदिएजुनसन्धिअनुसारतिनदिनालामाअबदेखिकुनैपनिकिसिमकोअधिकारहुनेछैनअहिलेपनिभारतलेनेपालडुबानमापर्नेगरिपश्चिमकोमहाकालीदेखीपुर्वकोमेचिनदिसम्म२०बटाभन्दाबढिबाधाअन्तराष्ट्रियनियमबिपरीतनेपालकोस्विकृतीनलिईबनाईसकेकोभनेनेपालकोतराईकोठुलोभु-भागडुवानमापर्नेनिश्चित
BP Koirala


टनकपुर संन्धि देशघातिसन्धिभएकोभन्दैअन्तराष्ट्रियरुपमामुद्दाहाल्नेतरखरमारहेकोबेलामदनभण्डारीको२०५०जेठमाहत्याभयोमदनभण्डारीकोमृत्युपछिएमालेमहासचिवकोपदसम्हालेपछिभारतभ्रमणमागएकामाधवकुमारनेपाललेभारतभ्रमणबाटपर्केपछिसबैलाईआश्चर्यचकितपार्दैमहाकालीसन्धिकोमुद्दामाप्रतिपक्षकोभुमिकानिर्वाहगरिरहेकोपार्टिलेपनिसंसदमामहाकालिसन्धिकोपक्षमाउभिएरअनुमोदनगरेकोथियो
Madhav Ku.Nepal

Popular Post

Powered by Blogger.

- Copyright © Free PC Course - Designed by Profile Nepal